ट्याक्सीमा छुटेको तीन लाख बराबरको सुन फिर्ता


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ –काठमाडौं उपत्यकामा ट्याक्सी चलाउँदै आएका एक व्यक्तिले यात्रुले ट्याक्सीमा छाडेको साढे तीन लाख रुपैयाँबराबरको सुनको गरगहना र नगद ट्राफिक प्रहरीसमक्ष बुझाएर इमान्दारिता प्रस्तुत गरेका छन् । ट्राफिक प्रहरीले ती चालकले बुझाएको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई बुझाइसकेको छ ।

    धरान उपमहानगरपालिका–१९ चौकीबारीका घर भई हाल काठमाडौं भीमसेनगोला बस्दै आएका ३८ वर्षीय सिमल राईले आफूले चलाउँदै आएको बा२ज २२७९ नम्बरको ट्याक्सीमा भेटिएको गहना र नगद ट्राफिक प्रहरी समक्ष बुझाएका हुन् । अनामनगरबाट नैकाप जाने क्रममा यात्रुले छाडेको ती सामान उनले आफैँ ट्राफिक कार्यालय पुगेर फिर्ता गरेका हुन् ।

    ट्याक्सीमा उनले सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान फेला पारेका थिए ।

    छुटेको सामान काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको रहेको बताइएको छ । ट्राफिक प्रहरीले ती सामानको धनी पत्ता लगाएर उनकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेका हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार