नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन ३१, २०७९

  • काठमाडौँ, ३१ साउन । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं जिल्ला अध्यक्ष चन्द्र रणपहेलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    बिशेष अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य तथा बाग्मति प्रदेश सचिव राज कार्की, बाग्मति प्रदेश सदस्य बिनोद छिनाल, ललितपुर जिल्ला सदस्य राजेन्द्र श्रेष्ठ, नेपालकै सबैभन्दा बढी रक्तदान गरेका व्यक्तित्व प्रेमसागर कर्मचार्य नेपाल रेडक्रस सोसाइटी अन्र्तगतको केन्द्रीय रक्तसञ्चार सेवा, सोल्टिमोडसँगको सहकार्यमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँले रक्तदान कार्यक्रम आयोजना गरेको हो । केन्द्रीय रक्तसञ्चार सेवाबाट शुसीला ढकालको नेतृत्वमा संगीता श्रेष्ठ, कमल कुमार ठाकुरको टोली सहभागी थियो ।

    नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्ला सचिव सागर कार्की, सहसचिव बासुदेब पौडेल, कोषाध्यक्ष लालु बैजु, सदस्यहरु संगीता लामिछाने, दीपक परियार, भीम दर्नाल, समिता खतिवडा, प्रेम परियार, उद्धव थापा मगर लगायत बिभिन्न व्यवसायीहरुको उपस्थिीति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार