
काठमाडौं , फागुन ८ । काठमाडौँ – नेपाली कथानक चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् ।
नाजिर हुसेन, भोला सापकोटा, सरिता गिरी, शिल्पा मास्केलगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका छन् । कथा पनि निर्देशक विष्ट स्वयम्ले लेखेका हुन् ।
नक्कली कागजात बनाएर अष्ट्रेलिया जानेहरुको कथा नै चलचित्रको मुख्य कथानक हो । चैत ८ गते रिलिज हुने चलचित्र रिलिज हुँदैछ ।