एथ्लेटिको म्याड्रिडसँग स्तब्ध युभेन्टस


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९। काठमाडौँ – इटालियन जाइन्ट युभेन्टसको च्याम्पियन्स लीग यात्रा संकटमा धकेलिएको छ। बुधबार च्याम्पियन्स लीग अन्तरगत प्रि क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टस स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडसँग २–० ले स्तब्ध भएपछि उसको च्याम्पियन्स लिग यात्रा संकटमा धकेलिएको हो।

    म्याड्रिडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा एथ्लेटिको युभेन्टसविरुद्ध निकै राम्रो लयमा देखिएको थियो। झण्डै ८० मिनेटसम्म गोल रहित बरारबीमा रोकिएको म्याड्रिड त्यसपछि पाँच मिनेट भित्र दुई गोल गर्न सफल भयो। तर ७८ औँ मिनेटमा जोसे मारिया गिमेनेजले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाति अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि अर्थात ८३ औँ मिनेटमा डिएगो गोडिनले गोल गर्दा घरेलु मैदानमा एथ्लेटिको उत्साही देखिएको थियो।

    अवे मैदानमा गोलविहिन बनेको रोनाल्डोको युभेन्टसलाई अब दोस्रो लेगमा खेलमा फर्कन सहज हुने छैन्। कम्तीमा पनि ३–० ले जित्नु पर्ने चुनौती आएको छ।  एथ्लेटिको म्याड्रिडले गोल गर्नुअघि पेनाल्टी पाएको थियो। तर भिडियो एसिस्टेन्स रेफ्रीको सहायताले त्यो पेनाल्टी दिनु पर्ने नरहेको निर्णयमा रेफ्री पुगे। यस्तै अल्भारो मोराटाले गोल गरेका थिए, त्यसलाई भिएआरले मान्यता दिएन। यसरी पनि एथ्लेटिकोले पछि गोल गरेर जित निकालेको हो।

    लगातार चौथो तथा समग्रमा छैटौँपटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने लक्ष्यमा रहेका रोनाल्डोले गोल गर्ने मौका बनाएपनि उनी असफल रहे। पहिलो हाफमा नै रोनाल्डोले गरेको शक्तिशाली प्रहार ज्यान ओब्लेकले रोके। यसअघिका पाँच च्याम्पियन्स लिग फाइनलमा चार पटक पराजित भएको एथ्लेटिकोका लागि यो जितले यो सिजन अघि बढ्ने सम्भावना बलियो बनाएको छ। डिएगो कोस्टा र एन्टोनी ग्रिजम्यानले गोल गर्ने राम्रा मौका गुमाए पनि टिमले जितेको हो।  यसै सिजनबाट युभेन्टस गएका रोनाल्डोको युभेन्टसलाई च्याम्पियन्स लिग जिताउने सपना अब कठिन मोडमा पुगेको छ।

    ९९ मिलियन पाउण्डमा युभेन्टस आएका रोनाल्डोको उद्देश्य तेस्रो क्लबबाट च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नु हो। उनले अहिलेसम्म पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्, चार पटक रियल म्याड्रिड तथा एक पटक म्यानचेस्टर युनाइटेडबाट उनले उपाधि जितेका थिए। रोनाल्डो युभेन्टसबाट पनि युरोपियन उपाधि जित्न चाहन्छन्। तर बुधबार रातिको नतिजाले उक्त अपेक्षामा धक्का लागेको छ। युभेन्टसले सन् १९९५–९६ यता च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। यसले रोनाल्डोलाई त्यो कमि पूरा गर्ने आशमा भित्र्याएको हो। दोस्रो लेग आगामी १२ मार्चमा युभेन्टसको घरेलु मैदानमा हुने छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार