रानीतलाउ – (पुस्तक अंश)


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज १, २०७९

  • उमेर सर्लक्क बढ्दै गयो । शुक्लपूर्णिमाको जूनजस्तै गरी । एकाएक अनुहार आकर्षक देखिन थाल्यो । शरीरको बनावटमा बद्लाब आयो । थाइ–पाखुरा बढे । कम्मर पातलो भयो । हिप बढ्यो । शरीर पोटिलो हुँदैआयो । संवेदनशील अङ्गमा परिवर्तन देखियो । त्यो परिवर्तन बयरको दानाजस्तोबाट सुरु भयो, छातीमा पिलो उठेको जस्तो । कतै घाउ उस्रेको हो कि जस्तो । दुवैतिर गाँठा पर्दै आए । टुसुक्क उम्रे दुवैतिर, मुनाजसरी । कहीं छुइयो भने भुतुक्कै हुने गरी दुख्ने भयो ।

    उमेरले बाह्र पुगेर तेह्र लाग्दै थिएँ, शरीरका विभिन्न अङ्गहरुमा रौंका टुसाहरु उम्रिदै आए । लाजका गहनाहरुमा प्रतिदिन परिवर्तन आउँदै गयो । संवेदनशील ओढार झारपातद्वारा ढाकियो । चिप्लो पदार्थ निस्केर भित्री वस्त्र छिटो फोहोर हुने भयो । मुख धोइरहन मन लाग्ने, ऐना हेरिरहने, कस्तोकस्तो कौतूहलता ! राम्री बन्ने होडबाजी, कपडा फेरीफेरी लगाउने मन लाग्ने, फेसन गर्न मन पर्ने, स्वभाव र बानी–व्यवहारमा फरक आयो ।

    एकाएक आफूमा बद्लाब देखें । स्वभाव लजालु बन्यो । आवरण हेर्दा शालीन, तर गम्भीर स्वभाव भयो मेरो । आवश्यकता पर्दा मात्रै बोल्ने । मनचाहिं चञ्चलिन थाल्यो । प्रतिदिनको परिवर्तन, अनौठो अनुभूति, उमेरले बद्लाब ल्यायो । एक दिन स्कुलमा सरले पढाउँदै हुनुहुन्थ्यो । मेरो ड्रेस रगताम्ये भयो । स्कर्ट लपक्कै भिज्यो । बसेको बेन्चमा रातैरगत ! के भयो भयो कहिल्यै नभएको ? कहीं काटिएको छैन, रगत कसरी आयो ? क्लासमा अरुले देख्लान् भन्ने चिन्ता । के गर्नु, कसो गर्नु ? मेरो अनुहार रातो भयो । कहाँबाट यतिका रगत बग्यो ? अनभिज्ञ भएँ । झस्किएँ । आत्तिएँ । सरको पिरियड सकियो र क्लासबाट निस्कनुभयो ।

    म आकाशबाट खसेजस्ती भएँ । के अनिष्ट भयो जस्तो लाग्यो । मर्नु नै भयो । स्तब्ध भएँ । डेक्समा घोप्टो परेर रोएँ । अनुहार छोपेर आँसु झारेँ । महेन्द्र स्कुलमा हलचल मच्चियो । मलाई हेर्नेहरुको भीड । बुदनी, चुनरी, आश्मा, यमुना, सयदा, फरिदा र चाँदनीहरुले मलाई सम्झाए । ‘रेखा नरोऊ’ भन्दै फकाए । सबै विद्यार्थीले मलाई वरिपरिबाट घेरे । “के भयो रेखा ? किन रोएकी ? कोही टाँगा चलाउने रसगुल, कोही माटाको भााडा बनाउने कुमाल र कोही घाँस बेच्ने घसियारा जातका मान्छेहरु बस्छन् । नजिकै गगनगञ्ज नामक ठाउ छ । यही ठाउमा छ बादीजातिको टोल, यौनव्यापार फस्टाएको सहरभित्रको पृथक बस्ती । सबैले आ–आफ्नो पेसा र अस्तित्व बोकेका छन् ।

    सबै जातिको आ–आफ्नै इतिहास छ । नजिकै महेन्द्र स्कुल छ, म पढेको स्कुल । कालोपाटीमा ‘क ख ग….’ पढेको । सरले हात समातेर लेख्न सिकाउनु भएको । मैले एकएक अक्षरहरु चिनेको महेन्द्र स्कुल । त्यही हो मैले धर्ती टेकेको ठाउ । म जन्मेको घर पनि त्यहीं छ । मैले पाइला चालेको भूमि हो रानीतलाउको सेरोफेरो । यसैको प्राङ्गण हो मैले खेलेको, उफ्रेको ठाउ । यही ठाउमा मैले माटोको भात पकाइ खेलें । तलाउवरिपरि धुलो उडाएँ । माटाको भाँडाकुटी बनाएर खेलें । लुकामारी खेलें । साथीहरुसागै चङु्गी खेलो । गट्टा खेलो । खुट्टी खेलो । बुदनी, चुनरी, आश्मा, यमुना, सयदा, फरिदा, लतिफ, अतिक सबै मिलेर खेल्यौं । हिन्दु, मुस्लिम, घसियारा कुमाले, मधेसी, पहाडी, बादी सबै सागै खेल्यौा । रानीतलाउ किनारमा बेहुलाबेहुली बनेर खेल्यौं ।

    बाल्यकालको बिहेबारी खेल्दाको मजा नै बेग्लै हुन्थ्यो । साथीसाथीमै बेहुलाबेहुलीको भूमिका सम्झिदा आनन्द आउँछ । केटाहरु बेहुला बन्थे, केटीहरु बेहुली । मण्डप बनाउँथ्यौं र फेरो हाल्थ्यौं । रानीतलाउमा निर्वस्त्र पौडिन्थ्यौं । सुसु देखाएर पौडेको अहिलेजस्तै लाग्छ । हाम्रो गाउमा धर्म–जातको भेद थिएन । सबै अन्जान, अबोध र अनभिज्ञ थिए । सबै साथीसाथीबीच मित्रता र घनिष्टता थियो । सम्झँदा स्मरणका छालहरु उर्लिन्छ ।

    प्रिय रानीतलाउ ! हरेक सपनीमा आउने मेरो रानीतलाउ १ मेरो मन–मस्तिष्कको रेशारेशामा बसेको छ रानीतलाउ । हरेक नसानसामा छ । कल्पनाको सेरोफेरोमा छ । प्रसव पीडामा छट्पटाएर सात फन्को मारेकी थिएन् रे मेरी आमाले रानीतलाउ । मेरा साथीसङ्गी सबै अवदी भाषा बोल्थे । मैले पनि अवदीमै तोते बोल्न सिकें र बिस्तारै हुर्कंदै गएँ । हुर्कंदै जाँदा मनमा अनभिज्ञता सल्बलायो । अनेकौं जिज्ञासा जागे ।

    बदलिदो उमेरको प्रभाव होला, अचम्मको कौतूहलता हुने । जिज्ञासु हुँदै एक दिन ममीसँग सोधें, “ममी ! म कसरी जन्में ?
    ‘स्वस्थानीको कथाजस्तै सुन्नुपर्छ तिमीले ।’

    मैले प्रतिज्ञा गर्दै भनें, “हुन्छ, ममी, म सुन्छु ।” बत्ती काट्दै ममीले भन्नुभयो – तिमी गर्भमा आएपछि मेरो रजस्वला रोकियो । म अबुझ थिएँ । किन समयमा नछुने भएन भन्ने लाग्यो । केही दिनमा वाकवाकी लाग्यो । उल्टी भयो । खाने वस्तुहरु गन्ध आयो । खानै मन लागेन । जिउ गल्यो । रिंगटा लाग्यो । म अचम्ममा परें, यस्तो त कहिल्यै भएको थिएन । के भयो ? के बिमारी लाग्यो ? मैले सासूआमासँग भनें, “आमा, सन्चो भएन । खै के भयो ?”
    सासूआमाले भन्नुभयो, ‘के भयो सावित्रा ?’ श्रीमानलाई उठाउन मन लागेन ।

    मौनता छाएको मध्यरात, आकाशमा टहटह जून लागिरहेको थियो । ताराहरु झलमल्ल चम्किरहेका थिए । अत्यधिक गर्मी अनुभव गरिरहेकी थिएँ । सन्चो छैन, रात पटक्कै बित्दैन । भित्तामा घडीको सुइ घुमिरहेको छ, तर एकदमै सुस्त । अत्यधिक लम्बियो समय । एक वर्षको रातजस्तो लाग्यो । बल्लतल्ल बिहानीले सङ्केत गर्‍यो । पूर्व उज्यालियो । मेरो व्यथा भने अझै चर्कियो । भित्र–बाहिर गर्दै थिएँ, सासूआमाले उठेर सोध्नुभयो, “के भयो, सावित्रा ? छरछिमेकीले कानेखुसी गरे । हत्तपत्त हजुरआमाले घडी हेर्नुभयो ।

    बिहानको छ बजेको थियो । नवप्रभातको सुरुवाती र सूर्य उदय हुँदै गरेको समय । बिहानीको लाली चढेको । झुल्किदो घाम । धर्तीमाता आफ्नै गतिमा । पन्छीहरु आफ्नै भाषामा बात मार्दै गरेका । शान्त वातावरण । रानीतलाउ स्थिर भएर रमिरहेको । वरिपरिका बोटबिरुवाहरुमा हरियाली । रानीतलाउको निलो दहमा सेताम्मे कमलको फूलले सौन्दर्य छाएको । सप्तरङ्गी फूलहरु फक्रेर हाँसिरहेका, बौसले मत्ताएको जसरी ।

    रानीतलाउले नवशिशु पाएको प्रभात । एक प्राणीको जन्म भएको त्यो दिन । सासूआमाले नाभि काटेर सालनाल छुट्याउनुभयो । अलिक पर लगेर माटोभित्र पुरियो । तिम्रो नाभि काटेर रानीतलाउ किनारमा गाडियो । जन्मिनासाथ तिमीले चोरीऔंला मुखमा राख्यौ । च्वापच्वाप आफ्ना औंला चुस्यौ । भोकको अनुभूति गर्‍यौ । उतिखेरै बोल्नेजस्तै टुलुटुलु हेर्‍यौ । कपासजस्तो तिम्रो मासुम शरीर, टाउकोमा झपक्कै कालो कपाल, समाउँदै अति संवेदनशील थियौ तिमी । मैले तिमीलाई सुस्त काखमा लिएर स्पर्श गरे ।

    मलाई संसारकै ठूलो खुसी मिल्यो । आनन्दित भए । मेरो मातृफ्व छचल्कियो । ममा स्नेहको बाढी आयो । तिमीलाई छातीमा टाासेर राखें । न्यानो स्पन्दनसँग साक्षात् गराए । म आफै पनि सन्तुष्टले तृप्त भए । कसरी भनूँ तिमीलाई त्यो अपार सन्तुष्टि ? काख हालिन् । कुर्ता उठाइन्, भरिलो ठूलो स्तन निकालिन् । र टुसुक्क परेका मुन्टा तिम्रो ओठमा लगाइन् । गर्भमै तालिम दिएको जसरी दूधको मुन्टो मुखमा लानासाथ तिमीले आँ गर्‍यौ । चराले बचरोलाई खुवाएको जस्तो देखियो ।

    तिमीले दूधको मुन्टा ओठ र जिब्रोले चपक्क पार्‍यौ । च्वाप्पच्वाप पारेर चुस्यौ । घट्घट् दूध आयो । घुटुघुटु निल्यौ । पेट भरियो । भुसुक्कै निदायौ । अचम्मको नियम प्रकृतिको । आज तो मिठाइ बाँडना पडेगा खुसियाली में ।” तिम्रा बाबाले हाँस्दै भन्नुभयो, “सही बात, भाभीजी । आप ने सम्झाया । मैं मिठाइ ले के आउंगा ।” तिम्रा बाबा त्रिभुवनचोकतिर लाग्नुभयो । लुतनले मलाई सिन्दुरमय बनाइन् ।

    मुस्कुराउँदै भनिन्, “यस शुभ अवसरके लिए बधाई, सावित्रा ।भगवान् ने तेरे को माँ बन्ने अवसर दिया । पहेली बार कन्या दिया । लक्ष्मी सरस्वतीके अवतार है । बेटी तो अधिक प्यार दिएगी । बेटी उदार होती है । कोमल मन के होती है ।” देखाइदिया ।” लुतनले बीस रुपैयाँ दिएर मुख हेरिन् ।

    कल्पना खरेलको हालै प्रकाशित उपन्यास ‘रानीतलाउ’ को पुस्तक अंश 

    प्रतिक्रिया
    सम्बन्धित समाचार