थारु कल्याणकारीणी सभा (थाकस) पश्चिमि नवलपरासिको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: मुन्द्रिका प्रसाद चौधरी


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज २, २०७९

  • डोल्मा चौधरी (डोल)

    असोज २, पश्चिम नवलपरासि । थारु कल्याणकारीणी सभा (थाकस) पश्चिमि नवलपरासिको दोस्रो जिल्ला अधिवेशन स्थगित भएको शनिबारका लागि पुन उक्त अधिवेशन हिजो शनिबार महेन्द्र मा.वि. स्कुलमा सम्पन्न भएको छ । भदौ २५ गते भएको अधिवेशनमा उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा सहमति नमिलेपछि प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनको रुपमा अगाडि बढेको थियो ।

    उपसभापति पदमा ५ जना गरी पुर्व जिल्ला सदस्य सन्जु चौधरी, पुर्व जिल्ला सदस्य नन्दु चौधरी, बालगोविन्द चौधरी , ठगई चौधरी ४ जना गरी पुरुषको उम्मेदारी र १ जना महिला सरोज कुमारी चौधरीको उम्मेदारी परेको थियो जसमा ३ जना गरी १ जना अनिवार्य महिला हुने व्यवस्था रहेको छ । थाकस जिल्ला महिला उपसभापति पदमा सरोज कुमारी निर्विरोध निर्वाचित हुनुभएको थियो । भने ४ जना उम्मेदारमा सहमति नमिलेपछि निर्वाचन प्रजातान्त्रिक प द्धतिमा गएको थियो ।

    यसै गरी जम्मा मतदाता नामावलि संख्या १०१ जनाको रहेको थियो भने जम्मा मत खसेको ९४ जना जस्मध्ये १ मत बदर भएको थियो । उपसभापति पदमा ठगई गुरौले ७२ मत ल्याइ प्रथम बिजयी हासिल गरी र्निवाचित हुनुभयो भने बालगोविन्द चौधरीले ५१ मत ल्याइ दास्रो बिजयी हासिल गरी निर्वाचित हुनुभएको छ । सचिव पदमा कन्हैया चौधरी र महेन्द्रचौधरी गरी २ जनाको उम्मेदारी परेको थियो । जस्मा कन्हैया चौधरीले ४८ मत र उनको विपक्षी महेन्द्र चौधरीले ४२ मत ६ मतले अगाडि सर्दै कन्हैया चौधरी निर्वाचित हुनभएको छ ।

    यसै सहसचिव पदमा सैलेश कुमार चौधरी र थाकस पुर्व सहसचिव जोगमाया चौधरीको उम्मेदारी परेको थियो जस्मा जोगमाया चौधरीले ४७ मत र उनको विपक्षी सैलेश चौधरीले ४५ मत २ मतले अगाडि सर्दै जोगमाया चौधरी पुन दोस्रो पटक सहसचिव पदमा निर्वाचित हुनुभएको छ । यसै गरी कोषाअध्यक्ष पदमा पुर्व थाकस कोषाध्यक्ष डोल कुमारी चौधरी र सरस्वति चौधरीको उम्मेदवारी परेको थियो जस्मा डोलकुमारी चौधरीले ५० मत र विपक्षी सरस्वति चौधरीले ४२ मत ८ मतले अगाडि सर्दै पनु दोस्रो पटक कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

    थाकस जिल्ला कार्यसमितिमा २१ सदस्य हुने विधानमा उल्लेख रहेको छ । यसै गरी सभापति पदमा पुन दोस्रो पटक मुद्रिका प्रसाद चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । र, सदस्यहरुमा पुन दोस्रो पटक जोगकुमारी चौधरी दोहरिनु भएको छ । यसै सदस्य केशव चौधरी ,मन्जु चौधरी ,गणेश बहादुर चौधरी ,जयन्त र्सिह चौधरी , सरस्वति चौधरी, मन्जु देवि चौधरी, मोहन चौधरी, मोहन प्रसाद गुरौ, रिन्जु चौधरी दिवाकर चौधरी, रामचन्द्र चौधरी, भिम बहादुर चौधरी, प्रतिमा चौधरी गरी जिल्ला सदस्यमा १४ जना सर्वसम्मत निर्विरोध निर्वाचित हुनुभएको छ ।

    यसै गरी केन्द्रिय पार्षदमा ५ जना पुरुष र २ जना महिला गरी ७ जान निर्वाचित हुनुभएको थाकस पुर्व केद्रिय पार्षद सुर्यमान चौधरी र देवराज चौधरी, थाकस पुर्व जिल्ला उपाध्यक्ष जितराम पजिंयार । थाकस पुर्व जिल्ला सचिव पशुपति चौधरी , थाकस पुर्व जिल्ला सदस्य उत्तमा राय, चद्रिका देवि चौधरी , र खिरीनरान चौधरी , सर्वसम्मत निर्वातिच हुनुभएको छ ।

    निर्वाचन मण्डलका अधिकृत भोजबहादुर चौधरीले पश्चिम नवलपरासि बसुपले थाकस प्रति थारु समुदायको सक्रियता देखेर खुसि व्यक्त गर्नु भएको साथै सबैलाइ कार्यकालको शुभकामना पनि दिनु भएको थियो । यसै गरी निर्वाचन मण्डलमा देवनारायन चौधरी, भुपनारायन चौधरी रहनु भएको थियो । सोहि दिन सम्पुर्णन नव निर्वाचित पार्षद तथा जिल्ला कार्यसमितिलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट