सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर १९, २०७९

  • काठमाडौँ, १९ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट