एन वि टण्डन क्यानडाका लागि पर्यटन सद्भावनादुत नियुक्त


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस ८, २०७९

  • काठमाडौं । क्यानडालाई कर्मथलो बनाउँदै आएका एन बि टण्डन (नरबहादु टण्डन) लाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बिहीबार बसेको मन्त्रालयको बैठकले आगामी चार वर्षे कार्यकालको लागि नेपालका लागि क्यानडाका पर्यटन सद्भावनादुत नियुक्त गरेको छ । उनले नेपालको पर्यटनलाई विश्वसामु चिनाउदै आएका छन् ।

    टण्डन विगत एक दशकदेखि क्यानडा बसेर नेपालको पर्यटनलाई प्रचार प्रसार गरिरहेका छन् । नेपाल नेपालको पर्यटन क्षेत्रलाई विश्वमाझ चिनाउने उद्देश्यले क्यानडामा ब्यक्तिगत पहलमै बिभिन्न मेला तथा नेपाललाई झल्काउने बिभिन्न कार्यक्रमहरुको आयोजना गरीरहेका छन् ।

    क्यानडा तथा अमेरीकाका विभिन्न शहरहरुमा नेपालको प्रचारप्रसार तथा बिभिन्न कार्यक्रमको आयोजना गरीरहेका टण्डनले कोरोना महामारीपछि डामाडोल भएको पर्यटन क्षेत्रलाई उकास्न लागि पर्ने बताए । ‘नेपालको पर्यटन क्षेत्रको उत्थानका साथै नेपाली कला, संस्कृतिको सम्वर्द्धन गर्न तथा प्रचार प्रसार गर्ने मेरो पहिलो दायित्व हुनेछ ।’ उनले भने, ‘क्यानडा तथा विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति र विविधताका बारेमा प्रचारप्रसार गर्न मलाई अझ सहज हुनेछ ।’

    विगतमा निस्वार्थ रुपमा आफूले नेपालको पर्यटन प्रबर्द्धनमा सक्रिय भएकै कारण विगत ६ वर्षदेखि नेपाल सरकार तथा पर्यटन मन्त्रलायले पर्यटन सद्भावना दुतको जिम्मेवारी दिएको उनले बताए ।
    बिगतमा दृढतापुर्वक जिम्मेवारी पूरा गरेकाले कदर गर्दै फेरी चार वर्षका लागि पर्यटन मन्त्रालयले पर्यटन सद्झावनादुत नियुक्त गरेकोमा टण्डनले खुसी व्यत्त गरे ।

    सरकारले आफूलाई सद्भावनादुत नियुक्त गरेर नेपालको पर्यटन प्रवर्द्धनमा भुमिका खेल्न सहज वातावरण बनाईदिएकोमा उनले खुसी व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार