चन्द्रागिरीबाट लागु औषधसहित १२ पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ –महानगरीय प्रहरी प्रहरी वृत्त थानकोट र नागढुंगावाट विभिन्न किसिमका अवैध लागु औषध सहित १२ जनलाई पक्राउ गरेको छ। चेक जाँच गर्ने क्रममा र छुट्टाछुट्टै यात्रुवाहक बस लगायत विभिन्न स्थानबाट विभिन्न किसिमका अवैध लागु औषधसहित १२ जनालाई पक्राउ गरेको हो।

    महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले विरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख २८३५ नम्बरको को यात्रुबाहक बस गाडि चेक जाँच गरी बस गाडिको डिक्की चेक जाँच गर्ने क्रममा सोही बसका सहचालक जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. १७ घर हुुने वर्ष २५ को जाकिर अन्सारीलाई पक्राउ गरिएको बताए।

    प्रहरी नायव उपरीक्षक थापका अनुसार अन्सारीले लिईआएको लागु औषध १५२ एम्पल डाईजेल्याब, १५० एम्पल फेनारगन र १४८ एम्पल नुफिन फेला परेको बताए। त्यस्तै धादिङ्ग तर्फबाट काठमाण्डौँ तर्फ आउँदै गरेको बा २ ख २९४७ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्दा जिल्ला मकवानपुर थाहा न.पा वडा नं. ७ घर हुने वर्ष २२ को राज तामाङ्गलाई झोला भित्र तामाङ्गले प्लाष्टिकमा बेरि लुकाई छिपाई लिई आएको ३ किलो लागु औषध चरेश फेला परेको प्रहरी जनाएको छ।

    बुटवलबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु १ ख ८२१५ नम्बरको को यात्रुबाहक बस गाडि चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका जिल्ला रुपन्देही बुटवल न।पा वडा नं. ३ घर हुुने वर्ष २१ को मन्दिप दर्लामिको झोलावाट लागु औषध नाईट्राभेट १३८ ट्यावलेट फेला परेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार