खोटाङका किङकङ राईले राखे टेनिस बलमा गिनिज वर्ल्ड रेकर्ड


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २, २०७९

  • काठमाडौँ — खोटाङका किङकङ राईले टेनिस बललाई हातको सहायताबाट सर्वाधिक ‘बाउन्स’ गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । ‘द मस्ट टेनिस बल टचेज युजिङ द ह्यान्ड इन वान मिनेट’ टाइटलमा राई गिनिज बुक वर्ल्ड रेकर्ड बनाउन सफल भएका हुन् ।

    यसअघिको गिनिज वर्ल्ड रेकर्ड एक मिनेटमा २७० बाउन्सको स्कोरलाई तोडेर राईले ३२५ स्कोर बनाएका छन् । उनलाई उपप्रधान तथा उर्जा, सिँचाइ, जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

    कीर्तिमानी युवा संघका अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर चित्रकुमार कार्कीका अनुसार मन्त्री लिङदेनले राईलाई कीर्तिमान कायम गरेकोमा बधाइ दिँदै युवाहरूलाई प्रेरणादायी काममा आकर्षित गराउन सुझाव दिएका थिए ।

    अध्यक्ष कार्कीले नेपाल र नेपालीको नाम चिनाउन चाहने युवाहरुलाई आफूले सधैं सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्कीको समन्वयमा नेपालमा दर्जनौं युवाहरूले गिनिज वर्ल्ड रेकर्ड कायम गरिसकेका छन् । मन्त्री लिङदेनले सिंहदरबारस्थित मन्त्रालयमा कीर्तिमानी राईलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट