राँगाको आक्रमणमा परेका नायव सुब्बाको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ –राँगोको आक्रमणमा परी घाइते भएका नायव सुब्बाको मृत्यु भएको छ ।

    चन्द्रागिरी न.पा ९ मच्छेगाउँस्थित भाग्दै आउँदै गरेको राँगोको आक्रमणमा परी चन्द्रागिरी नगरपालिकामा कार्यरत नायव सुब्बाको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौ चन्द्रागिरी नगरपालिका ५ महाँदेवस्थान बस्ने वर्ष ५२ को कान्छा श्रेष्ठ रहेका छन् । नायव सुब्बा श्रेष्ठको राँगोको आक्रमण पश्चात त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

    घाइते मध्य चन्द्रांगिरी न.पा ४ त्रिभुवन पार्क बस्ने वर्ष ४५ की देवि राना र चन्द्रागिरि नगरपालिकका ९ मच्छेगाउँका वर्ष ८० को मान काजि महर्जन उपचार पश्चात डिस्चार्ज भई घर फर्केका छन् । राँगोको अक्रमणमा प्रहरी हवल्दार सहित आधा दर्जन घाईते भएका थिए ।

    राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको थियो । थप क्षति हुनवाट वचाउन आक्रमक राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार