बङ्गलादेशी राजदूतावासद्वारा कला कार्यशाला आयोजना


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ९, २०७९

  • काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावासले कला कार्यशाला आयोजना गरेको छ । दूतावासमा आज आयोजित कार्यशालाको उद्घाटनमा बङ्गलादेशी राजदूत सलाहुद्दिन नोमन चौधरीले आफ्नो देशको इतिहास बारेमा अवगत गराउँदै यो दिवसको उद्येश्य सबै भाषाहरूको संरक्षणलाई महत्व दिनु हो भन्नुभयो । ‘भाषा र संस्कृतिको माया’ मुख्य उद्देश्यसहितको कार्यशालामा उहाँले यो विषय राष्ट्रियतासँग जोडिएको उल्लेख गर्नुभयो ।

    यो दिवस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा सन् १९९९ मा बङ्गालीहरूले बङ्गलालाई आफ्नो राज्य भाषाका रूपमा स्थापित गर्न गरेको बलिदानको मान्यतामा चयन गरिएको थियो । विश्वका धेरै भाषाहरू अहिले लोप हुने खतरामा रहेको उल्लेख गर्दै राजदूत चौधरीले संरक्षणका लागि सबै सजग हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, पूर्वप्राज्ञ सुष्मा राजभण्डारी लगायतले देशका लागि भाषिक र सांस्कृतिक कार्यक्रमको महत्व हुने उल्लेख गर्दै नेपाल–बङ्गलादेशबीचको सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्नुभएको थियो । दूतावासको मुख्य आयोजना र आर्टबुमको सहकार्यमा सञ्चालित एकदिने कार्यशालामा करिब ४० कलाकारले विभिन्न चित्र बनाउनुभएको थियो । सो अवसरमा नेपाल–बङ्गलादेशबीचको सम्बन्ध जोड्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार