राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १८, २०७९

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीलेसमर्थन फिर्ता लिने निर्णय यसअघि नै गरिसकेको थियो । पार्टीले बिहीबार प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।

    प्रदेश सभा सदस्य सन्तोषी शाहीले सत्ताको नेतृत्वकर्ता दलका साथै अन्य दलहरू आपसी सत्ता स्वार्थमै रुमल्लिँदा सत्तामा बसिरहन उपयुक्त नदेखिएको बताएकी छिन् । पार्टीको केन्द्रीय निर्देशन अनुरूप प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको पत्रमा उल्लेख छ । समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार