हेयर एण्ड शान्तिको ११ औं शाखा पोखरामा सञ्चालनमा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ३०, २०७९

  • काठमाडौँ । सौन्दर्य सेवामा चर्चित ब्राण्ड बनिसकेको हेयर एण्ड शान्तिले पोखरामा शाखा विस्तार गरेको छ । पोखरास्थित न्युरोडमा खुलेको हेयर एण्ड शान्तिको यो ११ औं शाखा हो । भारतको नयाँ दिल्लीस्थित साउथ एक्सबाट सुरु सन् २००१ मा सुरु भएको हेयर एण्ड शान्तिले नेपालमा भने काठमाडौँको कमलादीबाट आफ्नो शाखा विस्तार गरेको हो । भारतमा हेयर एण्ड शान्तिले १२ वटा शाखा बिस्तार गरिसकेको छ ।

    यस शाखामा हेयर कट्, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवाका साथै मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने हेयर शान्तिकी निर्देशक एवं हेयर डिजाइनर अनुजा श्रेष्ठले जानकारी दिईन् ।

    पोखरामा सेवा सञ्चालन गरेको अवसरमा हेयर एण्ड शान्तिले आफ्ना उपभोक्ताका लागि विशेष अफरको समेत ल्याएको छ । निर्देशक श्रेष्ठका अनुसार यहाँबाट कपाल वा सौन्दर्यका कुनैपनि सेवा लिएवापत २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

    पोखरा शाखामा एकैपटक २५ जनाले सेवा लिन सक्नेछन् । हेयर एण्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, क्स्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रसाधन प्रयोग गर्ने गरेको निर्देशक श्रेष्ठले जानकारी दिईन् ।

    नेपालमा हेयर एण्ड शान्तिका काठमाडौँको ठमेल, नक्साल, नयाँ बानेश्वर, ललितपुरको जावलाखेल र चितवनको नारायणघाटमा यसअघि शाखा खुलिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार