पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको निधन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १५, २०७५

  • काठमाडौं , फागुन १५ ।  काठमाडौँ –तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाएको निधन भएको छ। हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटनामा परेको हो।

    दुर्घटनामा परेर पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरी सूचना शाखाका हवल्दार विनोद परियारले जानकारी दिए।

    पर्यटन व्यवसायि शेर्पा मन्त्री अधिकारीसहितको टोली तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको हो। मृतकहरूलाई ताप्लेजुङबाट शिक्षण अस्पताल टिचिङ ल्याइँदै छ। केहीबेरअघि मात्रै दुर्घटनामा परेकाहरूको उद्धार गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार