शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख ३१, २०८०

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । जावलाखेलका खेलाडी एनकोटो मासोबिकाले खेलको ३४औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए ।

    त्यस्तै, खेलको ७६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । जाउलाखेलको २–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको अन्तिम दश मिनेटको अन्तरमा मनाङले दुई गोल ग¥यो । खेलको ८०औँ मिनेटमा मनाङका विशन गुरुङले एक गोल फर्काए । खेलको अन्तिम मिनेटमा मनाङका अर्का खेलाडी सुमित श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा टुङ्गाए । यस खेलसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अङ्कसहित सातौँ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार