फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस २२, २०८०

  • कर्णाली, २२ पुस : कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

    शनिबार रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशभित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिएको बताउनुभयो । नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती आएकाले यसको रोकथाम गर्नलाई पनि स्वास्थ्य परीक्षण थालिएको उहाँले जनाउनुभयो ।

    अहिले तीन जिल्लामा नमूनाका रूपमा नागरिकको स्वास्थ्य परीक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्छौँ”, उहाँले भन्नुभयो, “सरकारले स्वास्थ्य सेवालाई प्रवर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको छ ।” नागरिकको स्वास्थ्य परीक्षण, उपचार र जनचेतना जगाउने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिको रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार नागरिक स्वास्थ्य परीक्षणका आधारमा सरकारले स्वास्थ्य नीति र कार्यक्रम ल्याउनेछ ।

    कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्काले सुर्खेतको चौकुने गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र हुम्ला जिल्लाका ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार ल्याउन परीक्षणकार्य सुरु गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा अबको पञ्चवर्षीय नीति तथा कार्यक्रम बन्ने उहाँले जनाउनुभयो ।

    प्रदेश सरकारले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम तय भएको बताउनुभयो । आठबीसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीनै तहका सरकारको समन्वयमा स्वास्थ्य नीति निर्माण हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

    रत्न तथा आभूषण सङ्घ कर्णाली प्रदेश अध्यक्षमा पाण्डेय

    सुनचाँदी रत्न तथा आभूषण सङ्घ कर्णाली प्रदेश समिति अध्यक्षमा देवीकृष्ण पाण्डेय निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनबाट निर्विरोध निर्वाचित पाण्डेयको अध्यक्षतामा १४ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो ।

    सोमननारायण कौशल उपाध्यक्ष, तोचेशकुमार सुनार महासचिव, हीरालाल सुनार र नरेशकुमार सचिव र जगतकुमार विश्वकर्मा कोषाध्यक्ष चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । सदस्यमा कुमार विश्वकर्मा, कोमलसिंह विश्वकर्मा, अनिपाल पाण्डेय, कविराज न्यौपाने, दिलराम सुनार, धनबहादुर सुनार, विशाल सुनार र खगेन्द्र सुनार चयन भएको उहाँले जनाउनुभयो । कार्यसमितिको पदावधि तीन वर्षको हुनेछ ।

    त्यस्तै सङ्घको १७ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन भएको छ । समितिको अध्यक्षमा दिनेश घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्ष सन्तोष बराईली, प्रथम उपाध्यक्ष कमल खड्का (जूनी), द्वितिय उपाध्यक्ष गोविन्द गहतराज, महासचिव मदनकुमार सिंह, सचिव सुरेन्द्र विश्वकर्मा र कोषाध्यक्ष गणेश गौतम चयन हुनुभएको छ । कार्यसमिति सदस्यमा जङ्गबहादुर सुनार, झपेन्द्र गहतराज, नरबहादुर सुनार, राजकुमार सुनार, दीपक सुनार, नवीन लोहोनी, वीरबहादुर सुनार (प्रकाश), सुरज विश्वकर्मा र वीरबहादुर सुनार चयन हुनुभएको छ । समितिको कार्यावधि तीन वर्षको हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट