राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस २६, २०८०

  • काठमाडौँ, २६ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ ।

    राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेका बताउनुभयो ।

    राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार