टिममा सुधार गर्ने समय आएको छ : ह्यारी केन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २१, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ –टोटेनहमका स्टार खेलाडी ह्यारी केनले टिमका गल्तीलाई सुधार गर्ने समय आएको आवश्यक रहेको बताएका छन् । प्रिमियर लिगमा टोटेनहमले लागातार खराब प्रदर्शन गर्दै आईरहेको छ । टोटेनहमले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन ।

    बन्लीसँग २–१ गोलले पराजित भएको टोटेनहम अर्काे खेलमा चेल्सीसँग २–० गोलले पराजित भएको थियो । टोटेनहमले शनिबार सम्पन्न खेलमा आर्सनलसँग बराबरी खेलेको थियो । टोटेनहम अहिले लिग लिडर म्यान्चेस्टर सिटी भन्दा १० अंकले पछि छ ।

    “हामी कसरी राम्रो प्रदर्शन गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढ्न जरुरी छ,” २५ वर्षिय इंग्ल्याड राष्ट्रिय फुटबल टोलीका कप्तान केनले भने, “हामीले यो सिजन उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनौ, यो साता पनि राम्रो प्रदर्शनमा त्यति सुधार आउन सकेन । यो कुरा फरक छ । यो हाम्रो लागि उपयुक्त समय हो, जहाँ हाम्रो कमजोरीलाई सच्चाउने अवसर छ ।”
    सबै टोली सबै सिजन एकैनास नहुने भन्दै केनले यसै सिजन पनि खेलमा फर्कने मौका भएको बताए ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार