फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

कल्चरल शो हेर्न सकिने नेपालकै पहिलो भिगन रेस्टुराँ, द भिगन किचेन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २१, २०८१

  • काठमाडौँ । ठमेलमा द भिगन किचेन रेस्टुराँ खुलेको छ । चार जनाको लगानीमा खुलेको द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ हो । शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोएिशन रेबान) का अध्यक्ष सङ्घर्ष बिष्ट र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्काले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    ठमेलस्थित होटल मनाङसँगै जोडिएको द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । बिहान १० बजेदेखी राती १० बजेसम्म खुल्ला रहने यस रेस्टुराँमा सेटन बि¥यानी, मिन्ची बि¥यानी, स्टिक बि¥यानी, छोयला, मम, भिगन सिजलर, थाली,लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ । यस्तै हर्बल टि, सोया टि, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि मेनुमा उपलब्ध छन् । डेजर्टमा भने सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ ।

    द भिगन किचेनको सजावट विशेष र आकर्षक छ । गोबरले लिपिएका यहाका भित्ताहरुमा मिथिला चित्रकथा हेर्न सकिन्छ । गाउको झझल्को दिने पारिवारिक वातावरण छ । ‘माछा, मासु र दुधमा जति प्रोटिन पाईन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाईन्छ ।’ सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठले भनिन्, ‘नेपालमा बिस्तारै मानिसहरु भिगनप्रति आकर्षित ह“ुदैछन् ।’ रेस्टुरा“को मेनु त्यती महंगो छैन ।

    भिगनका बिभिन्न परिकारहरुका साथै यहा“ नेपालको संस्कृती झल्किने बिभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिनेछ । यस्तो प्रकारको रेस्टुरा“ नेपालमै पहिलो भएको प्रतिमाले बताईन् ।

    प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई गरेर चार जना सञ्चालक रहेको द भिगन किचेन रेस्टुराँले हाल १२ जनालाई रोजगारी प्रदान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट