फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन २६, २०७५

  • काठमाडौं , फागुन २६ ।  काठमाडौँ – जापानकी केन तानाका विश्वकै वृद्ध व्यक्ति बनेकी छिन् । ११६ वर्ष पुगेकी तानाकालाई शनिवार गिनिज बुकले विश्वकै वृद्ध व्यक्ति घोषणा गरेको हो ।

    ११६ वर्ष पुगेकी तानाका अहिले पनि सामान्यतया हरेक विहान ६ बजे उठ्ने गर्छिन् ।

    गणित सिक्न र घरमै बसेर खेल खेल्न मनपराउने तानाकाको जन्म सन् १९०३ जनवरीमा २ मा भएको थियो ।

    चार सन्तानकी आमा तानाकाले एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छिन् ।

    जापानकी ११६ वर्षीया केन तानाका बनिन् विश्वकै सबैभन्दा वृद्ध व्यक्ति

    विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएपछि जापानको पश्चिमी फुकुओमा शहरमा रहेको उनको नगरमा खुशियाली मनाइएको छ। उनलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको बताइएको छ ।

    विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट