यी हुन् दक्षिण भारतीय फिल्मका सबैभन्दा महँगा भिलेन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं ।  दक्षिण भारतीय फिल्मले पछिल्लो समय विश्वभर चर्चा पाउन थालेको छ । दक्षिण भारतीय फिल्ममा ठुलो महत्वका साथ भिलेनलाई पनि देखाउने गरिन्छ । दक्षिण भारतीय फिल्मका चर्चित भिलेन हुन् सुदीप । उनी दक्षिण भारतीय भिलेनहरुमध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्छन् ।

    उनले एउटा फिल्मको लागि ६ करोड रुपैँया लिन गर्छन् । हालै उनले एक फिल्मको लागि ६ करोड रुपैँया लिएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ ।

    अर्का चर्चित अभिनेता हुन् प्रकाश राज । कुनै समय भिलेनको रोलमा उनलाई ठुलो अफर हुने गथ्र्यो । तर, पछिल्लो समय उनी भिलेनभन्दा पनि अन्य भुमिकामा देखिन थालेका छन् । चर्चित भिलेनका रुपमा परिचीत प्रकाश राजले एउटा फिल्म खेले बापत २ करोड रुपैँया लिने गर्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार