चैत ११ , काठमाडौं । ईटालियन क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पछिल्लो समय गरेको एउटा कामले रियल मड्रिड समर्थकको चित्त दुखाएको छ ।
पोर्चुगलको राष्ट्रिय टिमबाट सन् २०२० को युरो कपको छनोट खेल खेल्न युक्रेन पुगेका रोनाल्डोलाई होटेलमा भेट्न एक समर्थक पुगे । उक्त समर्थक रोनाल्डो रियल मड्रिड छँदाको जर्सी लिएर रोनाल्डोलाई हस्ताक्षर गर्न भनिरहेका थिए । रोनाल्डोले उक्त जर्सीमा हस्ताक्षर गर्दै भने ‘के तिमीलाई थाहा छ म अहिले युभेन्ट्सको खेलाडी हुँ ।’
रोनाल्डो गत समरमा रियल मड्रिडबाट युभेन्ट्स पुगेका थिए ।
ICYMI | Cristiano Ronaldo's heartbreaking phrase for every Real Madrid fanhttps://t.co/ZB5Q0gmCK3
— AS USA (@English_AS) March 25, 2019