अजबगजबको इलेक्ट्रिक कार, यस्ता छन् विशेषताहरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ३, २०७६

  • काठमाडौं, जेठ ३ । पेट्रोल र डिजेलको भाउ जसरी बढेको छ त्यसले सामान्य मानिसलाई कार किनेर एक सपना मात्रै हुन थालेको छ । यस्तोमा यदी तपाईले सस्तोमै अन्य कार हरु भन्दा जस्तै छिटो कुदाउन मिल्ने विद्युतिय कार लिन पाउनुभयो भने भन्दा राम्रो के होला र ?

    ग्राहकहरुको यसै कुरालाई ध्यानमा राखेर फ्याराडे फ्युचर इलेक्ट्रिकले एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कारको घोषणा गरेको छ । कम्पनीका अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघन्टाको गति समात्न सक्नेछ ।

    कम्पनीले लसभेगासमा कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा घोषणा गरेको एएफ ९१ मोडलको बुकिङ ५ हजार डलरमा गर्न सकिन्छ । यस कारको डेलिभरी सन् २०१८ मा हुनेछ । फ्यारडे फ्युचरले विद्युतिय कार बजारमा टेस्लाको वर्चस्व तोड्ने तयारीमा छ । यसले बजारमा टेस्ला कारको तुलनामा धेरै राम्रो विद्युतिय कार ल्याउने घोषणा गरेको छ । कम्पनीका दावी अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघन्टाको रफ्तार पक्रिन्छ ।

    टेस्लाको मोडल एस पि १०० डि ले २ दशमलब ५ सेकेन्डमा मात्रै यो रफ्तार पक्रिन्छ ।

    फ्याराडे फ्यूचर इलेक्ट्रिक कार एक चोटी रिचार्ज गरेपछि ६०४ किलोमिटर को दुरी तय गर्न सक्छ ।

    टेस्ला को कारले एक पटक चार्ज गर्दा ३१५ किलोमिटरको दूरी तय गर्छ ।

    कारका विशेषताहरु

    यसमा सेमी अटोनोमस मोड छ जसको मद्धतले सेल्फ पार्किङ गर्न सकिन्छ ।

    इन्टरनेटबाट कनेक्ट गर्नको लागि यसमा कैयौ मोडेम लगाइने छ ।

    प्रत्येक डाइभर र कारमा सवार मानिसका हिसाबले यसमा सेटिङ गर्न सकिन्छ ।

    फ्याराडे फ्युचर स्टार्टअपको चिनियाँ अरबपति वाइटि जियाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार