महाभूकम्प आउँछ भन्दै हिड्ने ज्योतिष अर्जुन क्षेत्री प्रहरीको फन्दामा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २१, २०७६

  • काठमाडौं, जेठ २१ । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

    उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

    कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट