सर्पले डसेर १० वर्षीय बालकको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ६, २०७६

  • काठमाडौं । साउन ६ । सप्तरीमा शनिबार राति विषालु सर्पले डसेर एक बालकको मत्यु भएको छ।

    वोदेवरसाइन नगरपालिका–२, जोगिया निवासी रामसेवक यादवका १० वर्षीय छोरा वैद्यनाथ कुमारको मृत्यु भएको हो। उपचारमा लानुपूर्व नै बालकको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र यादवले जानकारी दिए।

    घरमै सुतिरहेको अवस्थामा बालकलाई सर्पले डसेको उनले बताए।

    बालकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। (प्रतिकात्मक तस्बिर)

    प्रतिक्रिया
    सम्बन्धित समाचार