६ वर्षीया युट्युबरले किनिन् ८० लाख अमेरिकी डलरको घर…


  • Frontline Nepal

काठमाडौं । साउन  ११  ।  दक्षिण कोरियाकी एक ६ वर्षीया युट्युब स्टारले लाखौँ डलर पर्ने एक पाँच तले घर खरिद गरेकी छिन् । ३ करोड सब्सक्राइबर भएकी बोरामले अभिभावकद्वारा खडा गरिएको बोराम फेमली कम्पनीमार्फत् सो घर खरिद गरेकी हुन् ।

सियोलको आधुनिक उपनगर गङ्नामस्थित उक्त घरको मूल्य ९ अर्ब ५० करोड कोरियन वन (८० लाख अमेरिकी डलर) रहेको बताइएको छ । बोरामका दुईवटा चर्चित यु ट्युव अकान्टमध्ये उनलाई टोइ रिभ्यू च्यानलमा १ करोड ६० लाखले नियमित हेर्दै आएका छन् भने अर्को भिडियो ब्लग अकाउन्टको प्रयोग गर्नेहरु १ करोड ७६ लाख छन्  ।

बोरमले बनाएका भिडियो क्लिपमध्ये भन्सामा प्लास्टिकको खेलौना प्रयोग गरेर बनाइएको तयारी चाउचाउ र त्यसपछि उत्साहपूर्वक खाइरहेको दृष्यलाई सबैभन्दा बढी हेरिएको थियो । जुन ३७ करोड ६० लाखले हेरेका थिए ।

यु ट्युवमा बालबालिका ठूलो व्यापार हुन सक्छन् । फोब्र्सका अनुसार अमेरिकाको गत वर्ष सबैभन्दा धेरै आम्दानी गर्ने युट्युवरमा रायन टोइज रिभ्यू का ७ वर्षीय रायन काजी रहेका थिए । सन् २०१८ मा उनले आफ्नो च्यानलबाट लगभग २ करोड २० लाख अमेरिकी डलर कमाएका थिए । उनको च्यानलको २० लाख ८० हजार सब्सक्राइबर रहेका छन् ।

त्यसैगरी पारिवारिक यु ट्युव च्यानल ‘ट्राभ एन्ड कोर’मा देखिएका अर्का ५ वर्षीय अमेरिकन बाल स्टार ट्योडुसलाई ३० लाख १० हजार हेर्दै आएका छन् ।  युट्युव प्रययोगकर्ताले आफ्नो भिडियोमा विज्ञापनका केही भाग प्रयोग गरेर, विभिन्न ब्राण्डका मालवस्तु बिक्रीमा सहकार्य गरेर अथवा  आफ्ना विषयवस्तुमा उत्पादन समावेश गरेर पैसा कमाउने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट