संकटमा लेजेन्ड रोनाल्डिन्हो…..


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन १६, २०७६

  • काठमाडौं । साउन  १६ ।   ब्राजिलका लेजेन्डरी फुटबल खेलाडी रोनाल्डिल्होको सम्पत्ति जफत भएको छ । कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका ५७ वटा सम्पत्ति जफत गरिएको समाचार प्रकाशित भएको छ । एउटा स्थानीय अखबारले रोनाल्डिल्होको सम्पत्ति जफत गरेको समाचार प्रकाशित गरेको हो । स्टार रोनाल्डिल्होको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको समाचारमा उल्लेख छ ।

    दुईपटक वर्ल्ड प्लेयर अफ द इयर बनेका रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना बनाएको भन्दै २० लाख ६० हजार पाउन्ड जरिवाना गरिएको थियो ।
    पोटो एलेग्रेका एक न्यायधीशले अदालती गोपनियताका कारण यो समाचारलाई पुष्टि वा खण्डन गर्न चाहेनन् ।

    रोनाल्डिन्हो सन् २००४ र २००५ मा प्लेयर अफ द इयर भएका थिए । उनले लामो समय बार्सिलोनाबाट क्लब फुटबल खेले । सन् २००२ को विश्वविजेता ब्राजिलियन टिममा उनी पनि थिए ।

    रोनाल्डोको खुद सम्पत्ति ८ करोड देखि १० करोड पाउन्डसम्म भएको अनुमान गरिएको छ । उनले आफ्नो एउटा इन्स्टाग्राम पोष्टबाट मात्रै एक लाख ५० हजार रुपैयाँ पाउने गरेको बताइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार