अभिनेत्री सुभद्रा अधिकारीको निधन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन ३२, २०७६

  • काठमाडौं । ७३ वर्षको उमेरमा अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

    उनी केही वर्ष यता दम रोगबाट पीडित थिइन् । उनले दर्जनौं नाटक, चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेकी छन् ।

    पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा सूरु गरेकी थिइन् ।

    चलचित्र ‘मनको बाँध’ बाट ठूलो पर्दामा अभिनय सुरु गरेकी अधिकारीले ‘चिनो’, ‘कन्यादान’, ‘भाउजु’, ‘अल्लारे’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेकी छन् । उनी सफल रंगकर्मी पनि हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार