भक्तपुरमा डेंगु सङ्क्रमित बढ्दै


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २, २०७६

  • भक्तपुर— भक्तपुरमा डेंगीका बिरामीको संख्या एक सय ४६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुधबारसम्म एक सय ४६ जनामा डेंगी देखिएको हो । जिल्लाका विभिन्न अस्पतालमा परीक्षणपछि डेंगुको संक्रमण रहेको पत्ता लागेको र उनीहरूको उपचार तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले बताए ।

    कार्यालयले डेंगी संक्रमितको पहिचान र रेखदेखसँगै संक्रमण हुन नदिन प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । जिल्लामा ८ भादौमा डेंगीको संक्रमण रहेको खुलेको थियो । त्यसयता निरन्तर बिरामीको संख्या बढेको बढ्यै छ ।

    सबैभन्दा बढी डेंगीका बिरामी भक्तपुर नगरपालिका क्षेत्रमा रहेका छन् । डेंगीको संक्रमण नियन्त्रणका लागि सबै नगरपालिकाका जनप्रतिनिधि र अन्तर्गतका स्वास्थ्य संस्थालाई आग्रह गरिएको स्वास्थ्य प्रमुख मिजारले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार