सुजुकीको ‘एस–प्रेसो’ नेपालमा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर ३, २०७६

  • काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले आइतवार सार्वजनिक गरेको एसयूभी कार हो एस–प्रेसो । उपयुक्त मूल्य, उच्चस्तरीय सुविधा र नयाँ प्रविधि तथा डिजाइन यो कारको विशेषता भएको दाबी कम्पनीले गरेको छ । आकर्षक लूक्स, सुरक्षा लगायतलाई समेत ध्यानमा राखेर यसको निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘कारमा भारतको पछिल्लो सुरक्षा मापदण्ड अपनाइएको छ,’ उनले भने ।

    बलियो र सुरक्षित बनाउन कारमा ४० प्रतिशत चिल्लो स्टील प्रयोग गरिएको छ । कारमा ९९८ सीसीको बीएस–६ मापदण्डमा आधारित के–टेन इन्जिन प्रयोग गरिएको कम्पनीले बताएको छ । ३३६६ मिमी लम्बाइ र १५२० मिमी चौडाइ रहेको यो कार १५४९ मिमी र १५६४ मिमी गरी दुई उचाइको विकल्पमा उपलब्ध छ । यसले ५५०० आरपीएममा ५० किलोवाट पावर र ३५०० आरपीएममा ९० एनएम टर्क उत्पादन गर्दछ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

    हार्टेक्ट प्लेटफर्ममा बनाइएको यो कारमा सुरक्षाका लागि ड्राइभर साइड एयरब्याग, एबीसी तथा ईबीडी प्रणाली, सीट बेल्ट रिमाइन्डर, रिभर्ज पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम जस्ता सुविधा रहेको कम्पनीले बताएको छ । कारको अगाडि भेन्टिलेटेड डिस्क र पछाडि ड्रम ब्रेक राखिएको छ ।

    यसको भित्री भागमा डायनामिक सेन्टर कन्सोल, उच्च सीट, ३ स्थानमा क्याबिन बत्ती लगायत सुविधा छन् भने बाहिरी भागमा डबल हेडल्याम्प, रूफ एन्टेना लगायतको व्यवस्था छ । बालबालिकाको सुरक्षाका लागि कारमा ‘चाइल्ड प्रुफ’ डोर छ । यसले इन्धन कम भएको जानकारी समेत दिने कम्पनीले बताएको छ । डबल एयरब्याग, एन्टी लक बे्रकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युशन, तीव्र गतिको जानकारी दिने इन्डिकेटर लगायत विशेषता कारमा छन् । यस्तै हिटर/एसी, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम र एप्पल कारप्ले सुविधा पनि छ ।

    कम्पनीले एस सेग्मेन्टको कारमा पहिलो पटक स्टेरिङ माउन्टेड अडियो तथा भ्वाइस कन्ट्रोल सुविधा थपेको छ । यसमार्फत कारमा भएको रेडियोको फ्रिक्वेन्सी आवाज मार्फत बदल्न सकिन्छ । त्यसो हुँदा च्यानल फेर्न स्टेरिङबाट हात हटाइराख्न पर्दैन, जुन सुरक्षाका दृष्टिकोणले राम्रो विकल्प मानिएको छ ।

    ६ प्रकारका कलरसहित यो कार स्ट्यान्डर्ड, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस गरी चार भेरियन्टमा उपलब्ध छ । यसको बुकिङ २ साताअघि नै खुलेको र सो अवधिमा १०० भन्दा बढी कार बुकिङ भइसकेकाले एस–प्रेसो बजारमा प्रतिस्पर्धी कार हुने विश्वास कम्पनीको छ । कारको मूल्य रू. २२ लाख ९९ हजार देखि २५ लाख ४९ हजार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार