हुवावे नेपालले सार्वजनिक गर्याे ७ नयाँ उत्पादन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस २, २०७६

  • काठमाडौं । हुवावे नेपालले आफ्ना बिभिन्न ७ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। ह्वावेको आफ्नै इन्टेलिजन्ट इकोसिस्टम- हुवावे मोबाइल सर्भिसेस (एचएमएस) युक्त ह्वावेको पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्ट फोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स थ्री तथा फ्रिल्यान्स जस्ता वेयरेबलहरू एक कार्यक्रमकाबिच सार्वजनिक गरेको हो ।

    हुवावेले काठमाडौंमा मिडिया मिट–अपको आयोजनामा प्रमुख मिडिया हाउसहरू, प्राविधिक क्षेत्रसँग आबद्ध पत्रकारहरू, चर्चित ब्लगरहरू, स्मार्टफोन व्यवसायीहरू तथा शीर्ष एप डिभेलपरहरूको सो समारोहमा उपस्थिति रहेको थियो ।

    यस वर्षको पहिलो तीन त्रैमासिकमा हुवावेले ८५.६ अर्ब आम्दानी गर्यो जुन अघिल्ला बर्षहरूको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको हो । विश्वभरि बाट नै हुवावेले ६० भन्दा धेरै फाइभजी व्यवसायिक सम्झौताहरू सफलतापुर्वक सम्पन्न गरेको छ । त्यस्तै ४ लाखभन्दा धेरै फाइभजी बेस स्टेशनहरू डेलिभरी गरिसकेको थियो ।

    हुवावे मोबाइल सर्भिसेसमा संचालन हुने पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, पनि सार्वजनिक गरेको छ । यो आइकोनिक मोबाइल फोनमा किरिन ९९० एसओसी छ र ७एनएम र इयूभीप्रोसेसको प्रयोग भएको छ। ह्वावे सुपरचार्ज तथा ईएमयूआई १० ले मोबाइल प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री तथा उत्कृष्ट अनुभव प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ । यसमा ४० एमपी सिने क्यामरा सहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ । यसको फ्रन्ट क्यामरा ३२ एमपीको हो ।

    हुवावे वाच जिटी टु पनि अति प्रतिक्षित हुवावे उत्पादन हो। किरिन एआई चिपजडित यसमा उच्च कार्य क्षमता तथा कम ब्याट्री खपत गर्ने गर्दछ र दुई हप्तासम्म ब्याट्री टिक्छ । ४२ एमएमकलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्ने गर्छ जुन एक हप्तासम्म टिक्नेछ । यस स्मार्ट वाचमा नयाँ विशेषताहरू र फङ्ग्सनहरू छन् र १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्यबारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार