• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

बाँकेमा व्यावसायिक जडीबुटी खेती


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ ८, २०७६

  • काठमाडौं । माघ ८ । जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिकरूपमा यसको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । वनस्पतीय जडीबुटी खेतीका लागि बाँके राम्रो सम्भावना बोकेको जिल्ला भएको वनस्पति उद्यान केन्द्र, बाँकेका प्रमुख सुनिलकुमार आचार्यले बताउनुभयो ।
    जिल्लामा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ । खेतीका लागि तोकिएका क्षेत्र आसपास पाइने रैथाने प्रजातिका जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ । “जडीबुटीको बाह्य प्रजाति पनि हुर्काउन त सकिन्छ तर, यसले रैथाने प्रजातिका जडीबुटीको उत्पादकत्व घटाउन सक्छ”, केन्द्र प्रमुख आचार्यले भन्नुभयो । उहाँका अनुसार खेतीका लागि बाह्य तथा नयाँ प्रजाति छनौट गर्दा वैज्ञानिक प्रविधिबाट विस्तृत अध्ययन गर्नुपर्छ । जिल्लामा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्टरूपमा व्यावसायिक योजना बनाउनु पर्छ ।
    जडीबुटी लामो समय भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने केन्द्र प्रमुख आचार्यको सुझाव छ । बाँके जिल्लामा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ । सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण, ईथ्नो बोटानिकल अध्ययन, वनस्पति संरक्षण र सम्बद्र्वन तथा वनस्पतिको रासायनिक गुणहरुको प्रतिफल स्थानीयस्तरमा पु¥याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्रसमेत स्थापना गरेको हो ।
    केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार आप्mनो भूमिकालाई अघि बढाएको छ । जिल्लाको ढकेरीमा रहेको वनस्पति उद्यानमा वनस्पतीय जडीबुटीको विरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका विरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानहरुलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

    खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

    सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

    बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

    बैंक खाताको विवरण सार्वजनिक भएकामा आपत्ति

    बैंक खाताको विवरण सार्वजनिक भएकामा आपत्ति

    प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

    प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

    कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

    कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

    ताजा अपडेट
    • खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

    • संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

    • सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    • मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

    • नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार सुरु

    • राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच छलफल

    • छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

    • शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन

    • गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल

    • निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र आर                        कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षक कुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री           उप-सम्पादक : दीक्षा थापा                                उप-सम्पादक : सन्देश भण्डारी क्षेत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2023 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology