बाँकेमा थप सातमा कोरोना पोजेटिभ, संक्रमित संख्या ८२ पुग्यो


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २३, २०७७

  • बाँके, २३ वैशाख । भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड – १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस कोभिड – १९ बाट संक्रमित हुनेको संख्या ८२ पुगेको जनाएको छ ।

    नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज ८ निवासी २०, ३० र ४० वर्षका तीन पुरुष तथा ९ वर्षिया बालिकासहित ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।

    उनीहरू सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार