Featured 03 साहित्य

सबैलाई धन्यवाद – समिरा शिवाकोटी

मेरो छोटो लुगा देख्दा, गिद्दे नजर लाउने, पुरुषलाई धन्यवाद, जसले गर्दा, आज लाज, ढाक्न सिकेकी छु मैले प्याच्च बोल्दा,आँखा तर्ने, पन्च भलाद्मीलाई धन्यवाद, जसले गर्दा, शब्दको वजनले, समाजमा बिकेकी छु !! सानू छदा कक्षामा, क्याप्टेन बन्छु भन्दा, नपत्याउने गुरुलाई धन्यवाद, जसले गर्दा, आज नेतृत्व जान्दै छु ! हात उठाउदा नगन्ने, सामाजिक अगुवालाई धन्यवाद, जसले गर्दा, […]

Featured साहित्य

एक प्रेम कथा

एन्जल खड्का उ संग प्रेममा परेको करिब दुई वर्ष भै सकेको थियो । प्रेम पनि गाढा अनि विश्वास झनै बलियो भैसकेको थियो । पहिले धेरै लजाउने उनी खुलेर बोल्ने हास्ने भै सकेकी थिईन् । म माथी पुर्ण रुपमा विश्वस्त थिइन् । जति उनी थिईन् उति नै म पनि तर जिन्दगीले एउटै अवस्थामा जीवन अगाडि बढाउन […]

Featured साहित्य

लेखकहरुलाई रोयल्टीमा समस्या छ – दामोदर न्यौपाने, लेखक, पत्रकार

दामोदर न्यौपाने झण्डै १७ वर्ष भन्दा लामो समयदेखी मिडियामा सक्रिय छन् । हाल कान्तिपुर  दैनिकमा आबद्ध न्यौपानेले सम्पदा, ऐतिहासिक धरोहर जस्ता विषयवस्तुमा कलम चलाईरहेका छन् । न्यौपानेले ‘शाहसिक पत्रकारिता पुरस्कार’, ‘श्रीधर आचार्य अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार’, ‘तिरुपति साहित्य सम्मान’ हात पारिसकेका छन् । उनका एम्बुसमा ६ वर्ष, कर्म, स्कुल बेच्ने बालक, स्वर्णिम समय  जस्ता पुस्तकहरु प्रकाशित छन् […]

मनोरन्जन साहित्य

संघर्ष गर्दा गर्दै आज काल भयो जीवन (गजल)

जित्छु भन्दा कछुवाको चाल भयो जीवन संघर्ष गर्दा गर्दै आज काल भयो जीवन कहिल्यै पनि नपुग्ने मान्छेको सपनाले विना अर्थ सताएर वेहाल भयो जीवन एकाग्रही रुपले जीवन काट्न सकिएन छल्किएको समुन्द्रको छाल भयो जीवन भनिन्छ जिन्दगी त सङ्गितमय होस् विनाधून मादलको ताल भयो जीवन ।। रमेश सापकोटा(Rds7)

समाचार साहित्य

ज्योतिष अर्जुन क्षेत्रीले यसरी त्यागे आफ्नो पेशा (भिडियो सहित)

काठमाडौं , फागुन ८ । काठमाडौँ –जनतालाई भ्रम फैलाउने भविश्यवाणी गरेर चर्चित बन्ने कोशिश गरेका अर्जुन कमार क्षेत्रीले ज्योतिष पेशा त्यागेका छन् । पछिल्लो केही समययता भविश्यवाणी गरेर सर्वसाधरणहरुलाई भ्रम छरेर चर्चित बन्ने कोशिश गरेका उनीविरुद्ध अन्य ज्योतिषहरु खनिएका थिए । पोखराका ज्योतिष कमल पौडेलले अर्जुनलाई माफी समेत मगाउन लगाएका थिए । केही दिनअघि राजधानीमा […]

मनोरन्जन साहित्य

हेर्दा लाग्दैन उनलाई भगवानले बनाउन हतार गरे (गजल)

हेर्दा लाग्दैन उनलाई भगवानले बनाउन हतार गरे निर्दयी छन भगवान, खोट नै नराखी बनाए चमत्कार गरे राम्रा त जन्मिएका थिए उनिभन्दा अगाडि भगवान पनि पाप गर्छन, राम्रा सबैलाई संहार गरे मनको कुरा चल्दैन यहाँ रुपको मात्रै चल्ने गर्छ सबैले उनिजस्तो जन्माउन्न भनी, बाबू केवल अहंकार गरे आजकालका ठिटाहरु नियंत्रित हुन कहाँ सक्छन र ? बिचरा […]

साहित्य

एउटा सपना पूरा गर्यो अर्को थपिन्छ (गजल)

एउटा सपना पूरा गर्यो अर्को थपिन्छ झन् सजिलो होला भन्यो चर्को थपिन्छ कस्तो विचित्र छ मान्छेको जीवनचक्र गर्दिन नै भन्यो भने लामो लर्को थपिन्छ कहिल्यै पनि सपना नै पूरा भएन हुन खोज्यो फेरि पनि झर्को थपिन्छ अधुरो र अपुरो सपना हो मान्छेको जीवनभरि सपनाकै धर्को थपिन्छ।। रमेश सापकोटा(Rds7)

Featured 02 साहित्य

म पुरस्कारका लागि लेख्दिन –फूलमान बल, कवि, पत्रकार

काठमाडौं । हालै नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सब २०७५’ मा २ सय २९ कविता प्रतियोगिताका लागी सामेल थिए । ति मध्येबाट छानिएर आएका अन्तिम ३६ कवितामध्ये कवि तथा पत्रकार फूलमान बलको ‘इन्द्रेणी गीत’ ले पहिलो स्थान हात पारेको छ । त्यस्तै धादिङकि सुनीता खनालको ‘श्यामश्वेत फोटो’ कविताले दोस्रो, मोरङकी मेनुका चापागाई, ते¥हथुमकी […]

Featured साहित्य

पत्रकार श्रीश भण्डारीको ‘अठोट’ बजारमा

काठमाडौं, पुष २३ ।  दुई दशकदेखि पत्रकारितामा संलग्न श्रीश भण्डारीको अठोट  पुस्तक प्रकाशित भएको छ । सरल भाषामा लेखिएको यो पुस्तक १८ वटा अध्यायमा बाडिएको छ । सबै उमेर समूहका व्यक्तिले यो पुस्तक पढेर ज्ञान हासिल गर्न सक्छन् । अझ कोर्सका पुस्तकहरूमा मात्र सीमित नभै कोर्सबाहिरका पुस्तकमा रुचि जगाउन यो पुस्तकले सहायक भूमिका खेल्नेछ । हरेक […]

Featured 02 साहित्य

कवितामाथि हेमको नौलो प्रयोग

काठमाडौं, अशोज २१ । कविता विधामा सुनिएको नाम हो– हेम प्रभास । गत वर्ष उनले उपन्यास सार्बजनिक गरेका हेम अब निर्देशक रुपमा परिचय बनाउन कस्सिएका छन् । उनले नेपाली कवितामाथि भिडियो निर्माण गरेका छन् । नाटक तथा उपन्यासका केहि भिडियोहरु निर्माण भएपनि नेपाली कविता माथि भने भिडियो निर्माण भएका थिएनन् । गत शनिबार राजधानीमा एक […]