पर्यटक पर्खिरहेको पिके डाँडा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ३, २०७४

    • कर्मा शेर्पा

    नेपालकै सबैभन्दा सुन्दर भ्यु प्वाइन्टका रुपमा चिनिएको छ, सोलुखुम्बुको पिके डाँडा । ओखलढुंगा र रामेछापले घेरेको पिके सगरमाथामा क्षेत्रमा पर्छ । चलचित्र सुटिङका लागी समेत यो ठाउ निकै उपयुक्त मानिन्छ ।

    सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पिके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि चर्चित छ । यसको अलावा यहााबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको मनमोहक दृश्य देख्न सकिनुका साथै दुरविनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत देख्न सकिन्छ । धार्मिक पर्यटक तथा दृश्यावलोकन गर्ने पर्यटकहरूका लागि यो उपयुक्त गन्तब्य बन्न सक्छ ।

    खासगरी पिके डाँडा हिमाल चढ्न नसक्ने पर्यटकहरूका लागि राम्रो गन्तब्य हो । यस स्थानमा गोले पिके तथा च्यावा पिके नामक दुई डाँडा छन् । पूर्व–पश्चिममा जोडी मिलाए झैं उभिएको पिके ६ हजार ६० मिटरको उचाइमा अवस्थित छन् । यहाँ धुपी र सुनपाती प्रशस्त मात्रामा भेटिन्छ । तर, यसको गन्धले यहाँका स्थानिय मानिसहरू बाहेक पहिलो पटक आउनेनहरूलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको हो ।

    शेर्पाहरू परापूर्व कालमा पशुपालन ब्यबसायमा संलग्न थिए । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलेको भागमा र पूर्वतिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ साउन संक्रान्तिका दिन ठूलो मेला लाग्छ । धार्मिक दृष्टिकोणले पूर्वको च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले शेर्पाले कुलपूजा गर्ने परम्परा छ ।

    सोलुखुम्बुको गोलि र गोराखानीको सिमानामा पर्ने पिके डाँडाको बृत्तचित्र पनि बनिसकेको छ । यो बृत्तचित्रले धार्मिक तथा पर्यटकीय स्थल पिके डाँडाको बारेमा बुझ्न सघाउँछ । शेर्पा फिल्म्स् प्रा.लि. निर्माण गरेको छोटो चलचित्र यो समुदायको यो पहिलो हुने दाबी गरेका छन् ।
    सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पिके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि प्रसिद्ध छ । यस बाहेक यहाँबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको मनमोहक दृश्य देख्नुका साथै दुरविनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत दृश्याबलोकन गर्न सकिन्छ । यसको ब्याख्या बृत्तचित्रमा समेत देखाइएको छ । शेर्पा पत्रकार संघ नेपालका अध्यक्ष लक्पा शेर्पाले लेखेको पटकथालाई कर्म शेर्पाले निर्देशन गरेर बनाइएको २५ मिनेटको रहेको बृत्तचित्रमा पत्रकार आङमाया शेर्पाले आवाज भरेकी छन् ।

    कसरी पुग्ने ?
    पिके डाँडासम्म पुग्न दोलखाको जिरीबाट चौंलाखर्क–ङउर–पिकेडाँडा, झाप्रे गुम्वा, पत्ताले पर्यटन पदमार्ग निर्माण भएको छ । त्यस्तै अर्को बाटो पिकेबाट पाँचपोखरी– ठो हुँदै तामाखानी– फाप्लुसम्म पनि पर्यटकहरु पदमार्गबाट पुग्न सकिन्छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार