
काठमाडौं, १० भदौ । गायक विप्लब खड्काको स्वरमा ‘झुम्का हरायो भाग-२’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । यसमा कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत छ भने पूजा वली, अभि राइको अभिनय देख्न सकिन्छ ।
हाइलाइट्स नेपाल च्यानलमार्फत सार्वजनिक ‘झुम्का हरायो भाग-२’ को सिनेमाटोग्राफी विक्रम कार्कीले गरेका हुन् भने कोरियोग्राफी सुजन श्रेष्ठले । यस म्युजिक भिडिओको निर्देशन गायक स्वयंले गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका छन् । यस्तै झुम्का हरायो भाग २ को पोस्ट प्रोडक्सन जनता डिजिटल फिल्म्सले गरेको हो ।
भिडिओ