काठमाडौँ, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार