नेविसङ्घ पूर्वअध्यक्ष महरद्वारा उम्मेदवारी घोषणा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर १४, २०७८

  • काठमाडौँ, १४ मङ्सिर । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्ना १४ एजेण्डासहित कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    कांग्रेसका युवा नेता महरले आफू कुनै पनि पदमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको क्रियाशील सदस्यतालाई व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । डडेल्धुराबाट महाधिवेशनमा निर्वाचित उहाँले एक व्यक्ति, एक पद, दुई पटक मात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता वितरण हुनुपर्ने, सरकार र पार्टी सञ्चालनका लागि ‘थिंक ट्यांक’ स्थापना गर्नुपर्ने बताउनुभयो ।

    नेता महरले बीपी विचारको समयसापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता तथा रुपान्तरणका लागि युवा कांग्रेस स्थापना, लोकतन्त्रको संस्थागत विकास एवं असल नेतृत्व, कुशल व्यवस्थापनलगायतका आफ्ना विभिन्न १४ एजेण्डाका बारेमा जानकारी गराउनुभयो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट