एउटा सपना पूरा गर्यो अर्को थपिन्छ (गजल)


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ७, २०७५

  • एउटा सपना पूरा गर्यो अर्को थपिन्छ
    झन् सजिलो होला भन्यो चर्को थपिन्छ

    कस्तो विचित्र छ मान्छेको जीवनचक्र
    गर्दिन नै भन्यो भने लामो लर्को थपिन्छ

    कहिल्यै पनि सपना नै पूरा भएन
    हुन खोज्यो फेरि पनि झर्को थपिन्छ

    अधुरो र अपुरो सपना हो मान्छेको
    जीवनभरि सपनाकै धर्को थपिन्छ।।

    रमेश सापकोटा(Rds7)

    प्रतिक्रिया
    सम्बन्धित समाचार