संसद् बैठक स¥यो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ ३०, २०७९

  • काठमाडौँ, ३० भदौ  । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट