ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुको अन्तिम श्रद्धाञ्जली ३ बजेदेखि टुँडिखेलमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १६, २०७५

  • काठमाडौं , फागुन १६ ।  काठमाडौँ – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव बिहीबार ३ बजेपछि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोष्टमार्टमपछि टुँडिखेलमा राखिने भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिबालयको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तैगरी बैठकले देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  यस्तै देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिका राख्ने र फागुन २३ गते केन्द्रीयस्तरमा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि बैंठकले गरेको छ ।

    नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ ।

    काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा हिजो ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा मन्त्री अधिकारी,यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा,नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार