गायक हसन राईलाई पूर्वेली लोक आधुनिक विधामा ‘द बेस्ट सिंगर अवार्ड’


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ ३२, २०८२

  • काठमाडौं । गायक हसन राईको ‘आँखैमा लाउनु पर्दैन’ गीतले पूर्वेली लोक आधुनिक गीतमा पुरुषतर्फ ‘द बेस्ट सिंगर अवार्ड’ हात पारेको छ । शुक्रबार राजधानीमा आयोजित ‘अमिन नेश्नल म्युजिक अवार्ड २०२५’ मा राईले उक्त अवार्ड प्राप्त गरेका हुन् ।

    पाँच महिना अगाडी लुङ्तो क्रियशन युट्युबमा सार्वजनिक यस गीतमा गायक हसनलाई चर्चित गायिका मेलिना राई र द भ्वाईस अफ नेपाल सिजन ६ का उपविजेता रोशन राईले साथ दिएका छन् । बचन राईको शब्द रहेको यस गीतमा रोशन राई पालुवा स्टारको संगीत रहेको छ ।

    नेपाल संगीत उद्योग संघले आयोजना गरेको ‘अमिन नेश्नल म्युजिक अवार्ड २०२५’ को यो चौथो संस्करण हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट