
उपसभामुख इन्दिरा रानामगरलाई अमेरिकी सिनेटरले सम्मान गरेका छन्। रानामगरलाई मेरिल्यान्डका सिनेटर कार्ल ज्याक्सनले आइतबार एक समारोहबिच सम्मान गरेका हुन्।
हाल अमेरिका भ्रमणमा रहेकी रानामगरलाई नेतृत्वदायी भूमिका, मानवीय सेवा, लोकतन्त्र र अल्पसंख्यक समुदायको उत्थानका लागि प्रेरणादायी भूमिका खेलेको भन्दै सिनेटर ज्याक्सनले सम्मान गरेका हुन्। उनले जेलमा रहेका मानिसहरूका बच्चाहरूको सेवामा समर्पित उपसभामुख रानालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी सामाजिक कामका लागि शुभकामना दिए।
कार्यक्रममा उपसभामुख रानाले लोकतन्त्र बहुमतको प्रणाली भए पनि अल्पसंख्यकलाई पनि समेटेर लैजानु राज्यको दायित्व भएको बताइन्। उनले विश्वमा मानवता, करुणाभाव जरुरी रहेको बताइन्।