च्याम्पियन्स लिग क्वार्टरफाइनल : कुनकुन टिम भिड्दैछन् त?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • काठमाडौं , चैत्र १ ।  काठमाडौँ –युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ। जसअनुसार डच क्लब अजाक्स र इटालियन क्लब युभेन्ट्स बीच भिडन्त हुने भएको छ।

    शुक्रबार भएको ड्रअनुसार क्वार्टरफाइइनलमा स्पेनिस च्याम्पियन बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बीच खेल हुनेछ। यस्तै लिभरपुल र एफसी पोर्टो तथा टोटनह्याम र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ।

    क्वार्टरफाइनलको पहिलो लेग ९ अप्रिलमा तथा दोस्रो लेग १६ अप्रिलमा हुनेछ। यस्तै सेमिफाइनलको पहिलो लेग ३० अप्रिल तथा दोस्रो लेग ७ मेमा हुनेछ। फाइनल जुन १ मा म्याड्रिडमा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार