मेस्सीले ब्रेक गर्न नसकेका रोनाल्डोका पाँच रेकर्डहरु…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं ।युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो फुटबल इतिहासमा एक महान खेलाडीको रुपमा स्थापित छन् । रोनाल्डोले विश्व फुटबल इतिहासमा थुप्रै रेकर्डहरु बनाएका छन् । उनी च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी पनि हुन् ।
    उत्कृष्ट हेड गोल र पेनाल्टी प्रहार गर्न सक्ने क्षमता भएका रोनाल्डोले च्याम्पियन्स लिग, ला लिगा र प्रिमियर लिग जस्ता लिगहरुमा पनि थुप्रै रेकर्डहरु बनाएका छन् ।

    रोनाल्डोले हालसम्म बनाएका रेकर्डमध्ये केही यस्ता रेकर्डहरु पनि छन्, जुन रेकर्डलाई बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पनि बिट गर्न सकेका छैनन् ।  मेस्सीले ब्रेक गर्न नसकेका रोनाल्डोका पाँच रेकर्ड यस्ता छन् :

    ५) लगातार ६ सिजनमा ५० भन्दा धेरै गोल 

    रोनाल्डो लगातार ५ सिजनमा ५० भन्दा धेरै गोल गर्ने खेलाडीको रुपमा स्थापित छन् । रोनाल्डोले सन् २०१०–११ को सिजनदेखि २०१५–१६ को सिजनसम्म लगातार ५० भन्दा धेरै गोल गरेका छन् ।
    रोनाल्डोले २०१०–११ को सिजनमा ५३, २०११–१२ः ६०, २०१२–२०१३ः ५५, २०१३–२०१४ः ५१, २०१४–२०१५ः ६१ र २०१५–२०१६ सिजनमा ५१ गोल गरेका छन् ।

    ४) च्याम्पियन्सको ६ सिजनमा लगातार सर्वाधिक गोलकर्ता 

    रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले हालसम्म च्याम्पियन्स लिगमा १ सय २४ गोल गरिसकेका छन् ।
    साथै रोनाल्डोले सन् २०१२–१३ देखि २०१७–२०१८ सम्मका सबै सिजनमा सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले २०१३–१४ को सिजनमा गरेका १७ गोल च्याम्पियन्स लिगमा हालसम्म एउटै सिजनमा एउटा खेलाडीले गारेको सर्वाधिक गोल हो ।

    ३) लगातार तीन सिजन च्यम्पियन्स लिग विजेता 

    रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले आफ्नो क्लबलाई लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका छन् । रोनाल्डो रियलमा रहँदा सन् २०१५–१६ को सिजनदेखि २०१७–१८ को सिजनसम्म च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।

    २) फरक दुई देशका दुई लिग जित्न सफल

    स्टार खेलाडी रोनाल्डोले फरक दुई देशका मुख्य लिगहरु जिताउन सफल छन् । रोनाल्डो एक इटालियन क्लब युभेन्ट्समा भने सिरी एको जित नजिक छन् ।

    रोनाल्डोले इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट सन् २००८ को सिजनमा प्रिमियर लिग जिताउन सफल भएका थिए । रोनाल्डोले सन् २००९ को सिजनमा रियल मड्रिडलाई ला लिगा जिताउन सफल भएका थिए । रोनाल्डोले सिरी ए जिताउने लगभग पक्का छ । किनभने युभेन्ट्स दोस्रो स्थानको नेपोली भन्दा १५ अंकले अघि छ । लिगमा अव जम्मा १० खेल बाँकी छन् ।

    १) दुई क्लबबाट मुख्य अवार्ड 
    पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले दुई ठूला क्लबबाट मुख्य अवार्ड हात पारी सकेका छन् । उनले म्यान्चेस्टर युनाइटेडमा रहँदा र रियल मड्रिडमा रहदा बालोन डी ओर जित्न सफल छन् । रोनाल्डो हाल युभेन्ट्समा रहँदा पनि उत्कृष्ट फर्ममा छन् ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार