रोनाल्डोबाट धेरै कुरा सिक्ने मौका पाएको छुः मोइज किन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं । युभेन्ट्सका स्टार खेलाडी मोइज किनले आफ्ना टोलीका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबाट धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । भर्खरैमात्र इटालियन राष्ट्रिय फुटबल टोलीमा नयाँ रेकर्ड बनाएका १९ वर्षिय किनले टिममा रोनाल्डोसँग खेल्न पाउँदा उनीबाट धेरै सिक्ने अवसर पाएको बताए ।

    राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका उनले ईटालियन राष्ट्रिय फुटबल टोलीमा डेब्यु खेलमा गोल गर्ने सबै भन्दा कम उमेरका खेलाडीको रेकर्ड बनाएका थिए । यसअघि ब्रुनो निकोले १९५८ मा राष्ट्रिय टोलीका लागि डेब्यु खेलमा गोल गरेका थिए ।

    “म धेरै कुराहरु उनीबाट सिकिरहेको छु र हरेक दिन यो प्रक्रिया चलिरहेको छ,” उनले इएसपीएनसँगको कुराकानीमा भने, “म सधै उत्कृष्ट हुने तरिकाले तयार भएको हुन्छु, त्यहाँ रोनाल्डोले बनाएका धेरै रेकर्डहरु छन्, जो मैले बे्रक गर्ने प्रयास गर्ने छु ।”

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार