तयार भयो टोटनहमको घरेलु मैदान (फोटोफिचर)


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं ।  इंग्लिस क्लब टोटनहमको नयाँ रंगशाला तयार भएको छ । क्लबले ह्वाइट हर्ट लेनलाई पुनःनिर्माण गरि दर्शक संख्या ६२ हजार पुर्याएको हो ।

    क्लबको अन्डर १८ का खेलाडीहरुले साउथह्याम्टनको अन्डर १८ टिमसँग प्रतिस्पर्धा गरेर नयाँ रंगशालाको टेस्ट सम्पन्न गरेको हो । उक्त खेलमा टोटनहम ३–१ गोलले विजयी भएको थियो । अब दोस्रो टेस्ट खेलमा टोटनहमका लिजेन्ड खेलाडी तथा इन्टर मिलानका खेलाडीहरु भिड्दैछन् । उक्त खेल अर्को शनिबार हुनेछ । भने अप्रिल ३ मा क्रिस्टल प्यालेससँग हुने खेल खेलेसँगै उक्त रंगशालाको आधिकारीक उद्घाटन हुनेछ ।

    टोटनहमले ह्वाइट हर्ट लेन निर्माण गरिरहँदा वेम्ब्लेलाई घरेलु मैदान बनाउँदै आएको थियो ।

    टेस्टसँगै ह्वाइट हर्ट लेनको नाम हट्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार