‘सलमानले रेखासँगमात्र विवाह गर्छु भन्थे’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १४, २०७५

  • चैत १४ , काठमाडौं ।  बलिउडमा एउटा चर्चित नाम हो प्रेम । यो नामले सलमान खानलाई प्राय चिन्ने गरिन्छ । फिल्मी पर्दा भित्र होस् वा बाहिर उनको रोमान्टिक अन्दाज आज पनि उत्तिकै रहेको छ । तर, कमैलाई थाहा छ सलमान खानको कोसँग पहिलो प्रेम बसेको थियो । को थिइन् सलमान खानको पहिलो प्रेम ? कसलाई देखेर सलमान खानको मुटु धड्किन्थ्यो ? उनले आफ्नो चाइल्डहुड क्रसबारे बोलेका थिए । यस कुराको खुलासा गरेकी थिइन् रेखाले त्यो पनि बिग बोस सोमा ।

    रेखा आफ्नो फिल्मको प्रमोट गर्न सलमानको सोमा गएकी थिइन् । रेखाले जब सलमानको पहिलो प्रेमको बारेमा सोधिन् तब सलमान खानले भने आफ्नो प्रेम कहानी । जब रेखा जगिङका लागि जान्थिइन् तब सलमान खान साइकल लिएर उनको पछि पछि जान्थे ।

    सलमान खानले भनेका थिए,‘मलाई तपाईसँग यति धेरै प्रेम बसेको थियो कि मैले घरमा रेखासँगमात्र विवाह गर्छु भनेको थिए । मैले रेखाका लागि योगा क्लास पनि जान थालेको थिए ।’ रेखा त्यस बखत सलमान खानको छिमेकी थिइन् ।  सलमानले मजाकी पारामा भने,‘म रेखाका कारण अझै पनि अविवाहित छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार