बारामा हुरीले घाइते भएका एक बालकको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १९, २०७५

  • काठमाडौं, चैत १९  ।   गत आइतबार साँझ आएको विनशकारी आँधीहुरीले घाइते भइ उपचार गराइरहेका एक बालकको मङगलबार मृत्यु भएको छ। योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र  पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो ।

    वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका बाराको फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलमको मंगलबार मृत्यु भएको हो ।

    नेशनल मेडिकल कलेजको आइसियुकक्षमा गत आइतबार रातिदेखि उपचार गराइरहेका आलमको मंगलबार दिउँसो मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

    पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनु्सार वीरगन्जका विभिन्न अस्पतालमा बारा र पर्साका चार सय जना घाइतेको उपचार भइरहेको छ ।  पाँचजना घाइतेलाई उपचारका लागि काठमाडौँ लगेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार